अपडेट

आज ५ हजार २०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

मंगलबार, ०९ मंसिर २०८२, १० : ५२

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ८५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
 
मंगलबार, ०९ मंसिर २०८२, १० : ५२

प्रतिक्रिया