अपडेट

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

बुधबार, १० मंसिर २०८२, १० : ४३

काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला ३ हजार २ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
बुधबार, १० मंसिर २०८२, १० : ४३

प्रतिक्रिया