अपडेट

सुनको मूल्य घट्दा चाँदीमा भने वृद्धि, कतिमा हुँदैछ कारोबार ?

विहीबार, ११ मंसिर २०८२, १० : ५६

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ३ हजार २ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
 
 
विहीबार, ११ मंसिर २०८२, १० : ५६

प्रतिक्रिया