एनपीएल

लुम्बिनीले सुदूरपश्चिमलाई दियो १ सय ४४ रनको लक्ष्य

विहीबार, ११ मंसिर २०८२, १३ : २४

काठमाडौं– लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सलाई १ सय ४४ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले १९।४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४३ रनको योगफल तयार पारेको हो।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३५, दिलीप नाथले ३१, डार्शी शर्ट र सुुमित महर्जनले १८(१८ र गुल्बदिन नइमले ११ रन बनाए।

सुदूरपश्चिमका लागि अभिनाश बोहरा र हरमित सिंहले तीन(तीन, हेमन्त धामीले दुई तथा स्कट कुगेलेइनले एक विकेट लिए।

 
 
विहीबार, ११ मंसिर २०८२, १३ : २४

प्रतिक्रिया