सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले बढ्यो, चाँदीको कति पुग्यो ?

शुक्रबार, १२ मंसिर २०८२, ११ : १८

काठमाडौं– आज(शुक्रबार) सुनको भाउ फेरि २ हजार २ सय रुपैयाँले बढेको छ । यो सँगै सुनको मूल्य साढे २ लाख रुपैयाँ नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ पुगेको छ । बिहीबार सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँ बढेको छ । प्रतितोला  बिहीबार ३२८० रुपैयाँमा  कारोबार भएको चाँदी शुक्रबार प्रतितोला ३३४५ रुपैयाँ पुगेको हो ।

 
शुक्रबार, १२ मंसिर २०८२, ११ : १८

प्रतिक्रिया