राष्ट्र बैंकको निर्णय

नयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का, १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छापिने

शुक्रबार, १२ मंसिर २०८२, ११ : ५९

काठमाडौ–ं नेपाल राष्ट्र बैंकले चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङलाई ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न ठेक्का दिने भएको छ । 

राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (नेपाली रकम २ अर्ब ३९ करोड रुपैयाँ) लागतमा सो बराबरको नोट छाप्न जिम्मा दिन लागेको हो । 

राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरे अनुसार एक हजार दरको नोट छाप्न अहिलेको विनिमय दर अनुसार ५ रुपैयाँ ५६ पैसा लाग्ने देखिएको छ । १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाई हुने राष्ट्र बैंकले जनाएको छ ।   

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार तोकिएको समयमा बोलपत्रमा सहभागी भएका बोलपत्रदाता मध्येबाट उक्त चिनियाँ कम्पनी छनोट गरिएको हो।

 
 
शुक्रबार, १२ मंसिर २०८२, ११ : ५९

प्रतिक्रिया