अपडेट

सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो, चाँदीले बनायो नयाँ रेकर्ड

सोमबार, १५ मंसिर २०८२, १० : ५२

काठमाडौं- नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला दुई लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनेको छ । यससँगै सोमबार चाँदीको मूल्य तोलामा ३ हजार ५ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ३ हजार ४ सय ९० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

 
सोमबार, १५ मंसिर २०८२, १० : ५२

प्रतिक्रिया