एनपीएल खेल्न नेपाल आइपुगे दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिस

मंगलबार, १६ मंसिर २०८२, १० : ४३

काठमाडौं– दक्षिण अफ्रिकाका क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो टोलीलाई मजबुत बनाउन नेपाल आइपुगेका छन्।

उनको आगमनले लिगइतिहासकै सबैभन्दा ठूलो उत्साह पैदा गरेको छ। नेपालीदर्शकले लामो अन्तर्राष्ट्रिय अनुभव, नेतृत्वदायी क्षमता र उत्कृष्ट क्रिकेटकौशल भएकाफाफको खेल घरेलूमैदानमै प्रत्यक्ष हेर्ने मौका पाउने छन्। फाफ जस्तो विश्वस्तरीय खेलाडीको उपस्थिति हेर्न फ्यान र खेलाडी दुवै उत्तिकै उत्साहित छन्।

दक्षिण अफ्रिकी राष्ट्रिय टोलीका पूर्व कप्तान फाफ, मैदानमा शान्त, धैर्यवान र योजनाबद्ध नेतृत्वका लागि विश्वभर सम्मानित छन्। उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा टेस्ट क्रिकेटमा ४० को औसतले ४,०००भन्दा बढी रन र वानडे क्रिकेटमा ४७को औसतले ५,५००भन्दा बढी रन बनाएका छन्। दबाबका क्षणमा पनि बुद्धिमानीपूर्ण रणनीतिका साथ उत्कृष्ट प्रदर्शन गर्ने क्षमताले गर्दा उनी दक्षिण अफ्रिकाका भरपर्दो टप-अर्डर ब्याट्सम्यान मध्ये एक मानिन्छन्।

फ्रेन्चाइज क्रिकेटमा पनि फाफको उपस्थिति सधैं प्रभावशाली रहँदै आएको छ।उनले इन्डियन प्रिमियरलिग (आईपीएल) मा चेन्नई सुपरकिंग्सको तर्फबाट खेल्दै दुईपटक उपाधि जिताउन महत्वपूर्ण भूमिकाखेलेका छन्। १५० भन्दाबढी आईपीएल खेलमा उच्च स्ट्राइकरेट कायम राखेका फाफले उच्च दवाब युक्तखेलमा पनि शान्त र समय मिलाएर खेल्ने क्षमता राख्छन्। यही अनुभव र कौशलले गर्दा एनपीएलमा उनको योगदान महत्त्वपूर्ण रहनेछ। नेपाली दर्शकले फाफको चिनारी बनेको पावर–हिटिङ, उत्कृष्ट टाइमिङ र रणनीतिक सोचले भरिएका रोमाञ्चक क्षणहरू हेर्न सक्नेछन्।

फाफ डु प्लेसिस एनपीएलमा सहभागी भएसँगै प्रतियोगिता नयाँ उचाइमा पुग्ने निश्चित छ। उनको उपस्थितिले खेलको स्तरवृद्धि गर्नुका साथैयुवा नेपाली खेलाडीहरूका लागि ठूलो प्रेरणा बन्नेछ। यसले लिगको रौनक बढाउने मात्र होइन, नेपाली क्रिकेटको विकास र क्षमताप्रति अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान पनि आकर्षित गर्नेछ। एनपीएलको दोस्रो सिजन फाफको आगमनसँगै अझ रोमाञ्चक, प्रतिस्पर्धात्मक र अविस्मरणीय बन्ने अपेक्षा गरिएको छ।

फाफ एनपीएलको दोस्रो सिजनका लागि उनी विराटनगर किंग्समा आबद्ध भएका छन् । यद्यपि आबुधाबी टी–१० का कारण उनी ढिला गरी एनपीएल खेल्न आएका हुन् । 

विराटनगर किंग्सले समूह चरणका ५ खेल खेल खेलिसकेको छ । अब समूह चरणका २ खेल मा खेल्न बाँकी छ ।

 
मंगलबार, १६ मंसिर २०८२, १० : ४३

प्रतिक्रिया