काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी मसिंर १९ र २० गते सामाखुसी फुटसलमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।
पहिलो दिनको फुटसल मसिंर १९ गते शुक्रबार विहान ७ः३० वजे उद्घाटन गरि विहान ८ः०० बजेदेखि खेल शुरु हुने भएको छ । सो प्रतियोगितामा सहभागी समुहरुको विभाजन र खेल तालिका समेत प्रकाशित गरेको छ ।
उक्त प्रतिगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु तथा पुनर्बीमा कम्पनीहरु र सर्भेयरहरु समेतको सहभागिता रहेको छ । उक्त प्रतियोगिताको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आधिकारिक फेसबुक पेजबाट लाईभ प्रसारण समेत गर्ने व्यवस्था मिलाईएको छ ।
प्रतिक्रिया