एभरेस्ट स्कुलमा बास्केटबल प्रतियोगिता सुरु

शनिबार, २० मंसिर २०८२, १० : ४९

काठमाडौं- फ्रेण्डसिप फस्ट, कम्युटिशन सेकेण्डभन्ने मुल ध्येयका साथ एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा बिहीबारदेखि नवौं एभरेस्ट उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता सुरु भएको छ । 

प्रतियोगिताको उद्घाटन स्कुल रहेको भक्तपुर नगरपालिका वडा नं २ व्यासीका वडा अध्यक्ष हरिप्रसाद बासुकलाले एक समारोहबीच गरे । प्रतियोगिताका मुल प्रशिक्षकलाई प्रमुख अतिथिबाट बास्केटबल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

प्रतियोगिता छात्र र छात्रा गरी दुई समूहमा हुनेछ । प्रतियोगितामा २७ वटा स्कुलहरुबाट ४४ वटा टिमहरु सहभागी रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा कुल ५२८ जना विद्यार्थी सहभागी हुनेछन् । प्रतियोगिता चार क्याटागोरिजमा हुने जनाइएको छ ।

प्रतियोगिताको उदघाटन समारोहमा आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले मित्रता पहिलो, प्रतिस्पर्धा दोश्रो भन्ने मुल नाराका साथ २०७२ सालदेखि प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको जानकारी गराए । तर कोरोनाका कारण दुई वर्ष ग्याप भएको उनले जनाए ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले खेलकुद क्षेत्रलाई अगाडि वढाउन केही सहयोग होस् भन्ने उद्देश्यका साथ प्रतियोगिता गर्दै आएको जानकारी गराए । प्रतियोगिता मंसिर २४ गतेसम्म चल्ने जनाइएको छ । 

 
शनिबार, २० मंसिर २०८२, १० : ४९

प्रतिक्रिया