एनपीएल : आज कर्णाली र जनकपुर भिड्दै

आइतबार, २१ मंसिर २०८२, १० : २१

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको अन्तिम लिग खेल आज हुँदैछ। 

आज दिउँसो साढे ३ बजेदेखि सुरू हुने खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्।

प्लेअफबाट बाहिरिसकेको यी दुई टोली अंक तालिकाको सबैभन्दा मुनि छन्। ६ खेलमा १ मात्र जित हात पारेको कर्णाली तालिकाको सातौं स्थानमा छ भने जनकपुर आठौं स्थानमा छ।

आजको खेल यी दुई टोलीबीच प्रतिष्ठाको लडाईं हुनेछ किनकि आजको खेलमा हार्ने टोली यो संस्करणको खेल तालिकाको सबैभन्दा पुछारमा (आठौं स्थानमा) रहनेछ भने जित हात पार्ने टोली रनरेटका आधारमा छैठौं स्थानमा उक्लिनेछ।

७ खेलमा ३ खेल जितेको पोखरा तालिकाको पाचौं स्थानमा छ भने ७ खेलमा २ खेल जितेको चितवन छैठौं स्थानमा छ। बाँकी ४ टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स क्वालिफाएरमा पुगेका छन् भने काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स प्लेफअमा पुगेका छन्।

 
आइतबार, २१ मंसिर २०८२, १० : २१

प्रतिक्रिया