नेपाल इन्स्योरेन्स कम्पनीको फुटसल प्रतियोगिता सम्पन्न

आइतबार, २१ मंसिर २०८२, १२ : १३

काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा मसिंर १९ र २० गते सामाखुसी फुटसलमा आयोजना गरिएको फुटसल प्रतियोगित सम्पन्न भएको छ ।

सो प्रतियोगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु, पुनर्बीमा कम्पनीहरु तथा सर्भेयरहरु सहित २५ संस्थाहरुबाट २८ टिमको सहभागिता रहेको थियो ।

उक्त प्रतिगितामा प्रथम हुने नेको इन्स्योरेन्स लिमिटेड, द्धितिय हुने नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र तेस्रो हुने हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका खेलाडीहरुलाई कम्पनीका संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउद र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले प्रमाण पत्र, पदक तथा शिल्ड प्रदान गरेका थिए । 

उक्त प्रतियोगितामा वेस्ट गोल किपर नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका रोमन सिंह, वेस्ट डिफेन्डर हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका  सुनिल थापा, हाइएस्ट स्कोरर हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका दिनेश कुमार सिंह र वेस्ट प्लेयर अफ दि टुर्नामेन्ट नेको इन्स्योरेन्स लिमिटेडका युकेश तामाङ्ग लाई ट्रफि प्रदान गरिएको थियो । 

साथै अनुशासित, मर्यादित र निष्पक्ष खेल खेलाए वापत रेफ्रीहरु र उक्त प्रतियोगिताका लागि ग्राउन्ड उपलब्ध गराउने सामाखुशी फुटसलका राजु महर्जनलाई कम्पनीका संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउदले मायाको चिनो प्रदान गरेका थिए । उक्त प्रतियोगिता कम्पनीको फेसबुक पेजबाट  प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।
 

 
आइतबार, २१ मंसिर २०८२, १२ : १३

प्रतिक्रिया