नेप्सेमा आशा लघुवित्तको सेयर मूल्य समायोजन

आइतबार, २१ मंसिर २०८२, १६ : ३५

काठमाडौं- नेप्सेमा आशा लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज आशा लघुवित्तको सेयर भाउ समायोजन गर्दै प्रतिकित्ता १ हजार ९०.४१ रुपैयाँ कायम गरेको हो। 

आजको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १ हजार १९४ रुपैयाँ कायम भएको थियो।

अब भोलि समायोजित मूल्यअनुसार नै यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।

संस्थाले लाभांश र साधारणसभा प्रयोजनार्थ भोलि मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम सेयरधनीहरु मात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य भएका छन् ।

संस्थाले आफ्नो नवौँ वार्षिक साधारणसभा आउँदो पुस ४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काभ्रेको धुलिखेल–६ स्थित होटल अरनिकोमा दिउँसो २ बजेबाट सुरु हुनेछ।

 

 
आइतबार, २१ मंसिर २०८२, १६ : ३५

प्रतिक्रिया