नेपालमै पहिलोपटक खुल्ला राष्ट्रिय इनलाइन स्केट मिनी म्याराथन सम्पन्न

मंगलबार, २३ मंसिर २०८२, १४ : ४६

काठमाडौं- नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र द स्केटल्याण्ड स्केट पार्कले संयुक्त रुपमा खुल्ला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथन प्रतियोगिता सम्पन्न गरेको छ । सयौं स्केटरहरुको सहभागिता रहेको प्रतियोगिता यही मंसिर २० गते शनिबार सम्पन्न भएको हो । 

नेपालमै पहिलोपटक सम्पन्न यो स्केट म्याराथन काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका सुन्दरीजल, आलापोट चोकदेखि गोकर्णेश्वर नगरपालिकाको तालिन्चोकस्थित द स्केटल्याण्डको पार्कसम्म करिब ५ किलोमिटर बराबरको दुरीमा सम्पन्न भएको हो । 

सोही प्रतियोगितामा नेपाल, भारत, दुबइ र मलेसिया लगायतका देशहरुबाट सहभागी स्केटरहरु झण्डै एक सय भन्दा बढी रहेका थिए । जसमध्ये नेपालबाट पुरुषतर्फ प्रथम साम्देन गेल्बु शेर्पा, द्वितीय अनिश गुरुङ र तृतीय सफल थापा भएका छन् भने महिलातर्फ पनि नेपालबाटै प्रथम निमीशा पाख्रीन, द्वितीय मोनिका मगर र तृतीय सिवानी रेग्मी भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजारको रासी, मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् भने द्वितीयले ३० हजारको रासी, मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् त्यस्तै तृतीय हुनेले १५ हजारको रासी, मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।

 
मंगलबार, २३ मंसिर २०८२, १४ : ४६

प्रतिक्रिया