काठमाडौं- एसियन पेन्ट्स नेपालले दशरथ रंगशालामा जारी साफ विमेन्स क्लब च्याम्पियनसिप २०२५ मा सहभागी एपीएफ महिला फुटबल टोलीलाई प्रोत्साहन घोषणा गरेको छ। प्रतियोगितामा टोलीको मनोबल वृद्धि र महिला खेलकुदको विकासमा योगदान पुर्याउने उद्देश्यसहित कम्पनीले विशेष प्रोत्साहन रकम उपलब्ध गराउने जनाएको हो।
यस अनुसार, एपीएफ महिला टिम फाइनल चरणमा प्रवेश गरेमा कम्पनीले अतिरिक्त रु. १,००,००० (एक लाख) प्रोत्साहन प्रदान गर्नेछ। साथै, प्रतियोगितामा टोलीले प्राप्त गर्ने प्रत्येक जितका लागि थप रु. २५,००० (पच्चिस हजार) पुरस्कार दिने निर्णय गरेको छ।
मंसिर १९ गतेदेखि पुस ५ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भूटान र पाकिस्तानका महिला क्लब च्याम्पियन टिमहरू सहभागी छन्।
प्रतियोगितामा कुल ११ खेल हुनेछन् भने प्रत्येक टोलीले लीग चरणमा ४ खेल खेल्ने तालिका रहेको एन्फाले जनाएको छ।
एसियन पेन्ट्सले प्रदान गरेको प्रोत्साहनले खेलाडीहरूको आत्मविश्वास अभिवृद्धि गर्न, सकारात्मक प्रतिस्पर्धा वातावरण सिर्जना गर्न तथा नेपालमा महिला फुटबलको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया