छिमेक लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

मंगलबार, ०१ पुस २०८२, १२ : ०७

काठमाडौं- छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

संस्थाको मंसिर २९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.५ प्रतिशत बोनस सेयर रहेको छ भने सोको कर प्रयोजनार्थसहित १२.५० प्रतिशत नगद लाभांश रहेको छ।

यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ । 
 

 
मंगलबार, ०१ पुस २०८२, १२ : ०७

प्रतिक्रिया