आशा लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

शनिबार, ०५ पुस २०८२, १२ : २७

काठमाडौं- आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा धुलिखेलस्थित होटल अरनिको प्रालिमा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १० प्रतिशत लाभांश पारित गरेको छ ।

साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब विवरण र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।

त्यसैगरी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक कार्य गर्न र सम्बन्धित निकायहरूबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको हो ।

 
शनिबार, ०५ पुस २०८२, १२ : २७

प्रतिक्रिया