सिवाईसी नेपाल लघुवित्तको लाभांश घोषणा

आइतबार, ०६ पुस २०८२, १३ : ०९

काठमाडौं- सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.४३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसमध्ये १२.७६ प्रतिशत बोनस सेयर रहेको छ भने ०.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजन) रहेको छ।

पुस ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश वितरण गरिनेछ।

आइतबार, ०६ पुस २०८२, १३ : ०९

प्रतिक्रिया