सपोर्ट लघुवित्तको १० प्रतिशत लाभांश घोषणा

आइतबार, ०६ पुस २०८२, १७ : ११

काठमाडौं- सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १२ करोड २४ लाख ४३ हजार ४४८.९९ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने १ करोड २२ लाख ४४ हजार ३४४.९० रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

जसमा ९.५ प्रतिशतले हुन आउने १ करोड १६ लाख ३२ हजार १२७.६५ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशतले हुन आउने ६ लाख १२ हजार २१७.२५ रुपैयाँबराबरको नगद लाभांश छन्।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

 
आइतबार, ०६ पुस २०८२, १७ : ११

प्रतिक्रिया