अपडेट

मिराज ढुंगाना नेतृत्वको प्रदर्शनमा प्रहरी हस्तक्षेप, पाँच जना नियन्त्रणमा

सोमबार, ०७ पुस २०८२, १३ : २१

काठमाडौं- मिराज ढुंगाना नेतृत्वको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

सर्वपक्षीय सरकार गठनको माग गर्दै यो समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए। सो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको गरेको हो ।

प्रदर्शनमा निकोलस भुसाल, मिराज ढ्ुंगाना, रविकिरण हमाल, अजय सोडारी लगायत पक्राउ परेका हुन् ।

काठमाडौं प्रशासनले माइतीघरमा सो समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन । जेनजी समूहले स्थानीय प्रशासनको अनुमति अवज्ञा गरेर प्रदर्शन गरेपछि भुसाल लगायत पक्राउ परेको प्रहरीले जनाएको छ ।

 
सोमबार, ०७ पुस २०८२, १३ : २१

प्रतिक्रिया