काठमाडौं- कालिका पावर कम्पनी लिमिटेडले १८औं वार्षिक साधारणसभा बोलाएको छ ।
सभा पुस २८ गते सोमबार दियालो फुडल्याण्ड चितवन भरतपुर चितवनमा बिहान ११ बजे बस्नेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले अन्य कम्पनीहरुमा लगानी गर्न सहज बनाउन होल्डिङ कम्पनीको रुपमा विकास गर्नका लागि कम्पनीको नाफा परिर्वतन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ।
प्रतिक्रिया