काठमाडौं महानगरभित्र १०७ कागजी विद्यालय, १५ दिने अल्टिमेटमसहित खारेजी प्रक्रिया सुरु (सूचीसहित)

मंगलबार, ०८ पुस २०८२, ११ : ३४

काठमाडौं- काठमाडौं महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ । महानगरपालिकाको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएको हो । 

स्थलगत रूपमा सञ्चालनमा नरहेको पाइएका यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क महानगरले अल्टिमेटम दिएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

महानगरले अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी प्रक्रिया अगाडि बढाउन लागेको जनाएको छ । त्यस्ता विद्यालयको सूची सार्वजनिक गरेको महानगरले अझै सञ्चालनमै रहेको भए  सम्बन्धित प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारलाई सम्पर्कमा आउन आग्रह गरेको छ । 

 
 
मंगलबार, ०८ पुस २०८२, ११ : ३४

प्रतिक्रिया