ग्लोबल आइएमई लघुवित्त बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

मंगलबार, ०८ पुस २०८२, ११ : ३८

काठमाडौं- ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले पुस २९ गते, मंगलबार १३ औं वार्षिक साधारणसभा बोलाएको छ । 

सो सभा टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रा.लि. लेकसाइड, पोखरा, कास्कीमा बिहान १० बजे सुरु हुने जनाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएकोले पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा भाग लिनुको साथै, लाभांश प्राप्त गर्न सक्नेछन्।

 
मंगलबार, ०८ पुस २०८२, ११ : ३८

प्रतिक्रिया