जेनजी आन्दोलन

जाँचबुझ आयोगद्वारा लेखकलाई बयानका लागि पत्राचार, ओलीलाई पनि केही दिनमै बोलाउने तयारी

मंगलबार, ०८ पुस २०८२, १५ : ४५

काठमाडौं- जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि बोलाएको छ। आयोगले मंगलबार लेखकलाई पत्राचार गर्दै शुक्रबार बयानका लागि बोलाएको हो।

आयोगले भदौ २३ र २४ गतेको आन्दोलनको समयमा तत्कालीन प्रशासनिक र प्रहरी प्रशासनका प्रमुख र प्रहरी अधिकारीसँग बयान सकेपछि राजनीतिक नेतृत्वसँग बयान लिन लागेको हो। 

यससँगै आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ।

 
 
मंगलबार, ०८ पुस २०८२, १५ : ४५

प्रतिक्रिया