फाइल फाेटाे
काठमाडौं- थापाथलीस्थित ब्रिटिस कलेजमा केही युवाले तोडफोड गर्दा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार मध्याह्नमा कलेज पुगेका युवाहरूले शुल्क बढाइएको भन्दै विरोध जनाएका थिए।
कलेज व्यवस्थापनले उनीहरूको कुरा नसुनेपछि उनीहरु ढुंगामुढा प्रहार गर्दै प्रदर्शनमा उत्रिएका थिए ।
प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि सात जनालाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया