मन्त्रीहरुद्वारा आगलागीबाट क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

मंगलबार, ०८ पुस २०८२, १७ : १४

काठमाडौं- नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल, कानुनमन्त्री अनिल कुमार सिन्हा तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजय भद्र खनालले भदौ २४ गते भएको आगलागीबाट नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयमा पुगेको क्षतिको अनुगमन गरेका छन् । 

cde44c81-2cda-44a4-b113-f8803d8a8438

सो अवसरमा उनीहरूले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । 

उनीहरुले आगलागीपछिको अवस्थाबारे जानकारी लिनुका साथै पार्टी कार्यालय पुनःस्थापनाका विषयमा छलफल गरेका थिए ।

 
 
मंगलबार, ०८ पुस २०८२, १७ : १४

प्रतिक्रिया