प्रतिनिधिसभाको पुनर्स्थापनाको पूरक रिटमा आज सुनुवाइ हुँदै

बुधबार, ०९ पुस २०८२, १० : २५

काठमाडौं- प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै कांग्रेससहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा आज सुनुवाइ हुँदैछ ।

कांग्रेसका ६५ र अन्य दलका सांसदको हस्ताक्षरसहितको पूरक रिट मङ्गलवार सर्वोच्च अदालतमा वारेसमार्फत दर्ता गरिएको थियो । सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिएका थिए ।

प्रतिनिधिसभा पुनस्र्थापनाका लागि कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन् ।

 
बुधबार, ०९ पुस २०८२, १० : २५

प्रतिक्रिया