शिक्षा सर्वसुलभ बनाउन राजनीतिक भूमिकाको खाँचोः डा. गिरी

बुधबार, ०९ पुस २०८२, १० : ४६

दाङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङ र पार्टीको शिक्षा विभागको संयुक्त आयोजनामा ‘शिक्षा र राप्रपा’ विषयक एकदिने अनुशिक्षण तथा सुझाव–संकलन कार्यक्रम मंगलबार घोराहीमा सम्पन्न भएको छ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख डा. राजेश गिरीले दाङका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणका क्रममा उहाँले पार्टीभित्र देखिएका कमजोरी, तिनको सुधारका उपाय तथा संगठनलाई थप सुदृढ बनाउने रणनीतिबारे स्पष्ट धारणा राखे । 

पार्टीलाई बलियो बनाउने उद्देश्यले देशव्यापी रूपमा सुझाव संकलन अभियान सञ्चालन गरिएको उल्लेख गर्दै डा. गिरीले दाङसहित विभिन्न जिल्लामा कार्यकर्ता, शिक्षाविद् तथा सरोकारवालासँग छलफल भइरहेको जानकारी दिए ।  उनले नेपालको शिक्षा नीति, शिक्षालाई सर्वसुलभ र प्रभावकारी बनाउने विषयमा राजनीतिक दलले निर्वाह गर्नुपर्ने भूमिकाबारे विज्ञहरूको सुझाव संकलन गरिँदै आएको बताए ।

सबै जिल्लाबाट संकलित सुझावका आधारमा प्रतिवेदन तयार गरिने र त्यसले पार्टीको भावी शिक्षा नीति तथा कार्यक्रम निर्धारणमा महत्वपूर्ण सहयोग पु¥याउने डा. गिरीको भनाइ थियो। कार्यक्रममा सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफसमेत उनले दिएका थिए ।

कार्यक्रम राप्रपा दाङका जिल्ला अध्यक्ष किशोर न्यौपानेको अध्यक्षता तथा डा. राजेश गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन सचिव त्रिभुवन थापाले गरेका थिए भने उपाध्यक्ष प्रेमबहादुर शाहले सहभागीलाई स्वागत गरेका थिए ।

2
 

 
 
 
बुधबार, ०९ पुस २०८२, १० : ४६

प्रतिक्रिया