काठमाडौं- अटो व्यवसायीहरूको छाता सङ्गठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को ४९ औं वार्षिक साधारणसभा पूर्वनिर्धारित मितिमै हुने भएको छ।
केही सञ्चार माध्यमहरूमा साधारण सभा रोकिन सक्ने वा अन्योल रहेको भन्ने समाचारहरू सार्वजनिक भएपछि नाडाले एक विज्ञप्ति जारी गर्दै आगामी पुस ९ गते आज नै सभा सम्पन्न हुने स्पष्ट पारेको हो।
नाडाले आफ्नो विधान र प्रचलित कानुनी प्रावधानअनुसार नै साधारण सभाको मिति तय गरिएको भन्दै यस विषयमा फैलिएका भ्रमहरू निराधार रहेको जनाएको छ।
संस्थाले नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वका लागि लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै आएको र यस पटक पनि सोही अनुरूप अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
हाल बजारमा साधारणसभाको वैधानिकता वा रोकावटका बारेमा आएका समाचारले सदस्यहरूमा अन्योल सिर्जना गरेको भन्दै नाडाले आधिकारिक सूचनालाई मात्र आधार मान्न सरोकारवालाहरूलाई अनुरोध गरेको छ।
नाडाका अनुसार, संस्थाको गरिमा र व्यवसायीहरूको एकतालाई कायम राख्न यो साधारण सभा महत्त्वपूर्ण हुनेछ।
प्रतिक्रिया