काठमाडौं- नगरकोट रिसोर्ट लिमिटेडले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ ।
रिसोर्टले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको लागि दिएको निवेदन नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएको हो ।
नगरकोट रिसोर्ट लिमिटेडले १५ करोड रुपैयाँबराबरको साधारण सेयर निष्कासन गर्नेछ । जसअनुसार रिसोर्टले १०० रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुको लागि जारी गर्नेछ ।
रिसोर्टको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त भएको छ भने कर्पोरेट एडभाइजरी सम्बन्धी कार्य ज्योति क्याटिपल लिमिटेडले गर्दै आइरहेको छ ।
नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएसँगै होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताहरूका लागि नयाँ लगानी अवसर थपिएको छ । पछिल्लो समय पर्यटन उद्योगमा सुधार देखिन थालेसँगै यस क्षेत्रका कम्पनीहरूप्रति लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको छ ।
नगरकोट रिसोर्ट लिमिटेडको आईपीओ स्वीकृति तथा निष्कासनसम्बन्धी आगामी प्रक्रिया नेपाल धितोपत्र बोर्डको नियामक निर्णयअनुसार अगाडि बढ्नेछ ।
प्रतिक्रिया