राष्ट्रिय सभा निर्वाचनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

बुधबार, ०९ पुस २०८२, १२ : २२

काठमाडौं- राष्ट्रिय सभा निर्वाचनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त भएका छन् । 

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने  राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको हो । 

आयोगको मंगलबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ७ जन जिल्ला न्यायाधीशलाई यहीँ पुस १५ गतेबाट लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको हो । 

नियुक्त भएका निर्वाचन अधिकृतले  पुस १६ गतेदेखि सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
 

 
बुधबार, ०९ पुस २०८२, १२ : २२

प्रतिक्रिया