म्यान्मारकी नेत्री आङ सान सू चीलाई बाहिरी विश्वले पछिल्लो पटक चार वर्षभन्दा अगाडि देखेको थियो। कुनै बेला म्यान्मारकी नोबल शान्ति पुरस्कार विजेता प्रजातन्त्र समर्थक विपक्षी नेत्रीका रूपमा अन्तर्राष्ट्रिय नेता तथा अभियानकर्मीहरूले उनलाई मान्थे।
यद्यपि, सरकारमा पुगेपछि रोहिन्ज्या नागरिकहरूमाथि सेनाले गरेको हमलाको बचाउ गरेका कारण उनको देशबाहिर आलोचना भएको थियो। सन् २०१९ मा द हेगमा अन्तर्राष्ट्रिय फौजदारी अदालतमा म्यान्मारको मुद्दाको प्रतिरक्षा पनि उनले गरेकी थिइन्।
त्यसपछि सन् २०२१ को फेब्रुअरीमा सैन्य कूका बेला उनी सरकारबाट बाहिरिन बाध्य भइन्। अदालतले ३३ वर्षको जेल सजाय दिनुअघि उनी म्यान्मारस्थित अदालतमा उपस्थित भएकी थिइन्। उनको जेल सजाय पछि घटाएर २७ वर्ष पारिएको थियो।
सू चीले न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) को नेतृत्व गर्थिन् जसले सन् २०१५ को चुनाव जितेको थियो। उक्त पार्टीले निर्वाचनका लागि पुनः दर्ता गर्न अस्वीकार गरेपछि पार्टी विघटन गरिएको छ।
उनीविरुद्ध देशको अफिशल सिक्रेट्स एक्ट उल्लङ्घन गरेको, विरोधलाई उक्साएको, कोभिडसम्बन्धी नियम तोडेको र वकीटकी अवैध रूपमा आयात गरेको आरोप लगाइएको थियो।
यो महिना उनका छोरा किम अरिसले आफ्नी ८० वर्षीया आमा जीवित भए नभएको आफूलाई थाहा नभएको बताएका थिए।
अर्को दिन म्यान्मारको सेनाले बीबीसीलाई एउटा विज्ञप्ति पठाउँदै सू ची जीवित र स्वस्थ रहेको जनाएको थियो।
देशमा उनलाई समर्थन छ ?
पिपल्स पार्टीका अध्यक्ष को को जी आफ्नो पार्टीको गत नोभेम्बरमा भएको अभियानमा गीत गाउँदै
सू चीलाई विश्वभरिबाट अन्तर्राष्ट्रिय समर्थनमा क्षति पुगे पनि राजधानी याङ्गुनमा भने मानिसहरू उनको समर्थनमा रहेको बीबीसीले पाएको छ।
‘आमा सू बिना म यो चुनावमा जान इच्छुक छैन, सन् २०२० मा एनएलडीलाई मत दिएकी एक ५६ बर्सिया महिलाले भनिन्।’ उनी चुनावमा नहुँदा सेनाले जित्छ।’
कूविरुद्ध प्रदर्शन गरेर जेल परेपछि सन् २०२३ मा रिहा भएका एक २३ वर्षीय रगुले बीबीसीसँग भने, ‘हामी हाम्री आमा आङ सान सू ची र सत्तारूढ सरकारले सहभागिता नजनाएसम्म सन् २०२० को चुनाव कुनै पनि हालतमा स्वीकार गर्न सक्दैनौँ।’
डिसेम्बर १५ मा सू चीका छोराले रोएटर्ससँग भने ‘मलाई जानकारी भए अनुसार उनको पहिले नै मृत्यु भइसकेको पनि हुन सक्छ।’
सेनाले त्यसपछि विज्ञप्ति प्रकाशित गरेको छ र बीबीसीसँग उनको स्वास्थ्य राम्रो रहेको जनाएको छ। तर कुनै प्रमाण भने दिएको छैन।
विज्ञप्तिमा सू चीका छोराको भनाइलाई ‘झुटो समाचार’ भन्दै त्यसलाई ‘आगामी चुनाव भड्काउन सही समयमा फैलाइएको’ भनिएको छ।
बीबीसी न्यूज नेपाली
प्रतिक्रिया