जाँचबुझ आयोगको सक्रियता

४ जनाको स्थानहद फुकुवा, लेखकलाई बयानमा बोलाइँदै, ओलीको बयानका लागि सरकारसँग परामर्श जारी

बुधबार, ०९ पुस २०८२, १५ : १४

काठमाडौं– जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले ४ जनाको स्थान हद फुकुवा गरेको छ । 

आयोगले जेनजी आन्दोलन हुँदा गृहसचिव रहेका गोकर्णमणि दुवाडी, तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ, काठमाडौंका तत्कालीन प्रजिअ छविलाल रिजाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापाको स्थानहद फुकुवा गरेको हो ।

उनीहरूले विदेश यात्रा गर्न नपाउने र उपत्यका छाड्दा अनुमति लिनुपर्ने यसअघिको निर्णय फुकुवा गरिएको भन्दै आयोगले सोमबार गृह मन्त्रालयमा पत्राचार गरेको हो । त्यस्तै थापासँग बयान लिएपछि आयोगले मंसिर १५ गते स्थानहद र विदेश भ्रमण जान रोक लगाउने निर्णय फुकुवा गरेको हो ।

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकको स्थानहद र विदेश जान नपाउने निर्णय फुकुवा गरिएको छैन । आयोगले लेखकलाई बयानमा आउन भन्दै पत्र पठाएको छ । केपी ओलीलाई बयानमा बोलाउनेबारे आयोगले सरकारसँग परामर्श गरिरहेको छ ।

बुधबार, ०९ पुस २०८२, १५ : १४

प्रतिक्रिया