अपडेट

आज देशभर सार्वजनिक बिदा, बैंक, बीमा कम्पनी र सेयर बजार बन्द हुने

विहीबार, १० पुस २०८२, १० : ०६

काठमाडौं- क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको २०२५ औं जन्मोत्सवको अवसरमा आज नेपालसहित विश्वभर क्रिसमस डे मनाइँदैछ। 

यस अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

आजभन्दा २०२५ वर्षअघि इजरायलको वेथलेहेममा जन्मिएका येशु ख्रीष्टको सम्झनामा क्रिश्चियन धर्मावलम्बीहरूले यस दिनलाई प्रेम, शान्ति र मुक्तिको उत्सवका रूपमा मनाउने गर्छन्। 

नेपाल ख्रिष्टियन महासंघका अनुसार आजको दिनलाई मुक्ति दिवस, प्रेम दिवस र शान्ति दिवस गरी तीनवटा स्वरूपमा मनाउने परम्परा छ।

सरकारले बिदा दिएका कारण आज सरकारी कार्यालयहरुको साथै बैंक, बीमा कम्पनी र सेयर बजार बन्द रहने छन् । सेयर बजार अब आइतबार मात्र खुला हुनेछ ।

आज आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । 

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आरटीजीएस सञ्चालन रहने जानकारी दिएको छ ।

 
विहीबार, १० पुस २०८२, १० : ०६

प्रतिक्रिया