काठमाडौं- सूचना प्रविधि तथा समाधान क्षेत्रमा ३० वर्षको सफल यात्रा पूरा गरेको सागर ग्रुपद्वारा आयोजित पार्टनर भेटघाट तथा एक्स–ल्याब प्रोडक्ट डेमो कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।
करिब १०० जना सहभागी रहेको कार्यक्रममा व्यावसायिक तथा च्यानल पार्टनरहरूसँग अनुभव आदान–प्रदान गर्दै आपसी सहकार्य र सम्बन्धलाई थप मजबुत बनाइएको थियो।
कार्यक्रममा एक्स–ल्याब ब्रान्डका उत्पादनहरू Health & Wellness, Interactive Board, POS समाधान तथा Printer Consumables प्रत्यक्ष प्रदर्शन गरिएको थियो।
साथै इनेक्स एआई क्यामेरा लगायतका अत्याधुनिक प्रविधि समाधानहरूको विशेष प्रस्तुति जस्तै AI Conference Camera, Wireless Casting Device प्रदर्शन गरिएको थियो। सहभागीहरूले प्रत्यक्ष रूपमा उत्पादनका फिचर, प्रयोग क्षमता र व्यावसायिक सम्भावनाबारे जानकारी प्राप्त गरेका थिए।

सागर ग्रुपले ३० वर्षको यात्रामा विश्वास, साझेदारी र प्रविधिमा आधारित समाधानलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमले ब्रान्ड सुदृढीकरण, पार्टनर नेटवर्क विस्तार र दीर्घकालीन सहकार्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया