सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी संग्रहालय अवलोकन

विहीबार, १० पुस २०८२, १४ : २०

काठमाडौं- शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि संग्रहालयमा परिणत गरिएको थियो । 

वि.सं २०६५ असार १ गते तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले विधिवत रुपमा नारायणहिटी दरबार संग्रहालयको रुपमा समुद्घाटन गरे पनि फागुन १५ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो । स्थापनाको १७ वर्षमा सो सङ्ग्रहालय ४७ लाख ७७ हजार ७०० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् । 

स्थापनादेखि गत मंसिर मसान्तसम्म उक्त संख्याका पर्यटकले संग्रहालय अवलोकन गरेका हुन् । आर्थिक वर्ष २०८१र८२ मा दुई लाख ६० हजारले नारायणहिटी दरबार सङ्ग्रहालयको अवलोकन गरेकोमा चालू आवको साउनदेखि मंसिर मसान्तसम्म ४६ हजार ७०० र अवलोकन गरेको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका सूचना अधिकारी पुरुषोत्तम थापाले जानकारी दिए ।

सरकारले नारायणहिटी संग्रहालय प्रवेशका लागि विद्यार्थीलाई रु ५०, नेपालीलाई रु २००, सार्क राष्ट्रका नागरिकलाई रु ५०० र विदेशी नागरिकलाई रु एक हजार शुल्क लिँदै आएको छ । 

उक्त संग्रहालय प्रत्येक हप्ताको मंगलबार, बुधबार बन्द रहँदै आएको छ भने शनिबार र अन्य बिदाको दिनमा भने खुल्ला रहन्छ । 

 
विहीबार, १० पुस २०८२, १४ : २०

प्रतिक्रिया