काठमाडौं - अवैध रूपमा ढुंगा तथा बालुवा उत्खनन तथा ढुवानी गर्ने २१ वटा सवारी साधनहरूलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । यही पुष ७ गतेदेखि ९ गतेसम्म दाङ जिल्लाका विभिन्न स्थानमा गरिएको विशेष चेकजाँच तथा निगरानीका क्रममा अवैध नदीजन्य पदार्थ उत्खनन तथा ढुवानीमा संलग्न १९ वटा ट्याक्टर २ वटा टिप्पर गरी जम्मा २१ वटा सवारी साधनहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको हो ।
नियन्त्रणमा लिइएका १९ वटा ट्र्याक्टरबाट तीन लाख १३ हजार तीन सय ३६ र २ वटा टिप्परबाट एक लाख गरी जम्मा २१ वटा सवारी साधनबाट जम्मा चार लाख १३ हजार तीन सय ३६ रुपैयाँ जरिवाना असुल गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले अवैध उत्खनन तथा ढुवानी कार्य नियन्त्रण गर्न यस्ता अभियानलाई निरन्तरता दिइने समेत जनाएको छ ।
प्रतिक्रिया