तुलसीपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तुलसीपुर उपमहानगरपालिका नगरकार्यसमितिको नगर अधिवेशन बिहीबार तुलसीपुरमा सम्पन्न भएको छ। अधिवेशनले पर्वत बस्नेतको अध्यक्षतामा २४ सदस्यीय नगर कार्यसमिति गठन गरेको हो ।
नवगठित समितिको सदस्यमा दामोदर भण्डारी, भूपाल रावत, वंशीकुमार शर्मा, लक्ष्मण केसी, दीपक धिताल, मधुसुदन केसी, गेहेन्द्र बस्नेत, दीपजंग केसी, चुर्ण ओली, प्रेमबहादुर शाह, सर्मिला थपलिया, छोटीलाल थारु, भरत आचार्य, विश्वदेव शाह, सुधिर गुरुङ, रोजिल गिरी, प्रेमबहादुर नेपाली, लिलाध्वज बस्नेत, प्रकाश भट्टराई, टोपेन्द्र लामिछाने, रामबहादुर बुढाथोकी, रामेश्वर भण्डारी र प्रकाश डागी चयन भएका छन्।
यसअघि दाङका दंगीशरण गाउँपालिका, घोराही उपमहानगरपालिका, बबई गाउँपालिका तथा देउखुरीका राजपुर, गढवा र लमहीमा अधिवेशन सम्पन्न भइसकेको र अब सबै स्थानीय तहमा अधिवेशन सकिएपछि प्रदेशसभा निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशन गरिने राप्रपा दाङ निर्वाचन समितिका संयोजक मदन सुवेदीले जानकारी दिए।अधिवेशनलाई सम्बोधन गर्दै राप्रपाकी केन्द्रीय सदस्य अनिशा नेपालीले राप्रपा वैकल्पिक प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित पार्टी भएको बताउँदै हिन्दु राष्ट्र र राजसंस्था पार्टीका मुख्य एजेन्डा रहेको उल्लेख गरिन्। उनले सबै हिन्दुवादी शक्तिलाई एकजुट भएर अघि बढ्न आग्रह गर्दै पार्टी देशव्यापी रूपमा संगठन विस्तारमा जुटेको बताइन्।
उनले पार्टीभित्र नैतिकता, संस्कार र अनुशासन अनिवार्य भएको उल्लेख गर्दै नेतृत्वप्रति अनुशासनहीन गतिविधि गर्ने जोकोहीलाई कारबाही गरिनुपर्ने धारणा राखिन्। पार्टी विधि र विधानअनुसार चल्नुपर्ने भन्दै पदिय मर्यादा भुलेर गरिने मनपरी व्यवहार स्वीकार्य नहुने स्पष्ट पारिन्।
अधिवेशनमा केन्द्रीय सदस्य एवं पर्यवेक्षक देवी घिमिर, मिना स्वर्णकार , दामोदर भण्डारी सरिता देवकोटा शिव चौधरी बिश्वदेव शाह पुर्व केन्द्रीय सदस्य तेज बहादुर बस्नेत जिल्ला उपाध्यक्ष प्रेम बहादुर शाह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। दाङ निर्वाचन क्षेत्र नम्बर ३ का अध्यक्ष लक्ष्मण केसीको स्वागत मन्तव्यबाट सुरु भएको अधिवेशनको सञ्चालन निर्वाचन क्षेत्र नम्बर ‘ख’ का अध्यक्ष श्रीमणी न्यौपानेले गरेका थिए।
कार्यक्रम नगर कार्यसमितिका अध्यक्ष पर्वत बस्नेतको अध्यक्षता तथा केन्द्रीय सदस्य अनिशा नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। अन्त्यमा दाङ निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ का अध्यक्ष चुर्ण ओलीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
अधिवेशनमा तुलसीपुर उपमहानगरपालिकाका १९ वडाका प्रतिनिधि तथा विभिन्न तहका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।
_28GuiD6LdM.jpg)
प्रतिक्रिया