पेन्सनमा निस्किएका असईमाथि भ्रष्टाचार मुद्दा

शुक्रबार, ११ पुस २०८२, १४ : २५

काठमाडौ‌ - अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको एक  प्रहरी सहायक निरीक्षक (असई)ले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ  ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ, काठमाडौंमा दरबन्दी भइ कल‌ंकीमा रहेका सेवानिवृत्त प्रहरी सहायक निरीक्षक चक्रदेव भट्टले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेर भ्रष्टाचार गरेको आरोपमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भट्टले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेरै प्रहरी जवानबाट सेवा प्रवेश गरी असईमा रिर्टायड भएर पेन्सन सुविधासमेत लिइरहेको खुल्न आएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले बताए ।

उनले निवृत्तभरण  हैसियत, लाभ, सुविधा लिई भ्रष्टाचारजन्य कसूर गरेको पुष्टि हुन आएको हुँदा उनको उक्त कार्य साबिक भ्रष्टाचार निवरण ऐन, २०१७ को दफा १२ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूर भएको हुँदा निजलाई साबिक भ्रष्टाचार निवरण ऐन, २०१७ को दफा १२तथा दफा २९ को उपदफा (२) र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई  मुद्दा दायर गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए ।


 

शुक्रबार, ११ पुस २०८२, १४ : २५

प्रतिक्रिया