काठमाडौं - थापाथलीमा रहेको ब्रिटिश कलेजको ठगी धन्दा सार्वजनिक भएको छ । उक्त कलेजले हस्पिटालिटी विषयमा एक वर्षको ‘फाउन्डेसन कोर्स’ (नन-क्रेडिट)को अनुमति लिए पनि वैध कोर्स भन्दै विद्यार्थीलाई झुक्याएर रकम ठगी गरेको खुलेको छ।
नन-क्रेडिट फाउन्डेसन कोर्स भनेको स्नातक तह पढ्नुअघि विद्यार्थीलाई सम्बन्धित विषयमा आधार बनाउन पढाइने भए पनि त्यसको अंक नियमित कोर्समा जोडिँदैन। तर, कलेजले यसैलाई नियमित कोर्स भनेर झुक्याउँदै विद्यार्थीहरूबाट पैसा लिने र दुबई पढ्न पठाउने गरेको तथ्य खुलेको हो।
उसले दुबईमा पठाएका विद्यार्थीहरू एकपछि अर्को गर्दै नेपाल फर्किएर शिक्षा मन्त्रालयमा निवेदन दिएपछि मन्त्रालयले यसबारे छानबिन गर्न समिति नै गठन गरेको छ। कलेज प्रशासनले भने विज्ञप्तिमार्फत आफूहरूले मन्त्रालयबाट अनुमति लिएर अध्ययन गराइरहेको र कुनै पनि विद्यार्थीको श्रम शोषण नगरेको दाबी गरिरहेको छ।
प्रतिक्रिया