विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइयो

शुक्रबार, ११ पुस २०८२, १५ : २२

काठमाडौं -विसं २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष ज्येष्ठ नागरिक दिवस मनाइँदै आएको छ । 

 ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइयो । 

नेपालमा २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई एक सय रुपैयाँ वृद्धभत्ता दिने घोषणा गरेका थिए । हाल ज्येष्ठ नागरिकले चार हजार रुपैयाँ वृद्धभत्ता पाउने गरेका छन् ।

शुक्रबार, ११ पुस २०८२, १५ : २२

प्रतिक्रिया