प्रधानमन्त्री कार्कीले आज तीन दलका शीर्ष नेतासँग छलफल गर्दै

शनिबार, १२ पुस २०८२, ०८ : ३७

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग आज (शनिबार)निर्वाचनकेन्द्रित  छलफल गर्ने भएकी छन् । 

शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए । साथै मन्त्री खरेलले शनिबार ४ बजे तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले भेटवार्ता र छलफल गर्ने कार्यक्रम राखेको जानकारी गराएका थिए । 

प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस सभापति देउवा, नेकपा एमाले अध्यक्ष ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डसँग छलफल गर्न लागेकी हुन् । 

सरकारले फागुन २१ मा निर्वाचन गर्ने तयारी गरेपनि दलहरूले शान्ति सुरक्षा लगायतमा प्रश्न उठाउँदै आएका छन् । यसैलाई मध्यनजर गर्दै निर्वाचनको वातावरण बनाउन सरकारले प्रमुख तीन दलका शीर्ष नेतालाई विश्वास दिलाउन छलफल तीव्र पारेको छ ।

शनिबार, १२ पुस २०८२, ०८ : ३७

प्रतिक्रिया