काठमाडौं- भक्तपुरको एभरेस्ट स्कुलमा शुक्रबार ग्रायण्ड प्यारेन्स डे सम्पन्न भएको छ ।
स्कुलका नर्सरीका ससाना बालबालिका र उनीहरुको अभिभावकहरुको सहभागितामा कार्यक्रम भएको हो । कार्यक्रममा ससाना नानीबाबुहरुले विभिन्न गीतसंगीत नृत्य प्रस्तुत गरेका थिए । आआफना नानीबाबुहरुको गीतसंगीत नृत्यहरुबाट अभिभावकहरु खुशी देखिएका थिए । साथै उनीहरुले नाटक पनि देखाएका थिए ।

कार्यक्रममा नानीहरुले धान मकै रोपौला, हातमुख धोएर बुबु माम खाने हो, पुतली पुतली मेरी सानी पुतलीलगायतका बोलहरुमा गीत गाएर नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, प्रिन्सिपल कमलादेवी राजभण्डारी अमात्यलगायतले बालबालिका, शिक्षक र अभिभाबको सामूहिक प्रयासबाट मात्रै बालबालिकाहरुको चौतर्फी विकास सम्भव हुनसक्ने बताए ।
प्रतिक्रिया