स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोंगबुमा रैथाने कृषि मेला सुरु

शनिबार, १२ पुस २०८२, १२ : ४६

काठमाडौं- स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोंगबुमा कृषि मेला आयोजना भएको छ ।

काठमाडौं महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपाल र गोंगबु आवास क्षेत्रको आयोजनामा आजदेखि गोंगबु टाउन प्लानिङमा मेला आयोजना भएको हो ।

मेलाको उद्घाटन गर्दै काठमाडौं महानगरपालिका सुशासन समितिका सभापति एवं काठमाडौं महानगरपालिका २६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्रवर्द्धन गर्न मेला आयोजना गरिएको बताए ।

रैथाने एग्री प्रडक्टका अभियन्ता कृष्ण स्याङ्ताङले मेलामा नेपालमा उत्पादित मह, सिस्नो, चामल, गेडागुडी, कपडा, सातु, सुन्तलालाई प्रदर्शनी तथा व्यापारका लागि राखिएको बताए । मेलामा ५५ जिल्लाका उत्पादन राखिएका छन् । उपभोक्ताले ती उत्पादन खरिद गर्नसक्ने छन् ।

 
 
शनिबार, १२ पुस २०८२, १२ : ४६

प्रतिक्रिया