जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, देवी बुढालाई जापान भ्रमणको अवसर

शनिबार, १२ पुस २०८२, १३ : ३०

काठमाडौं- जस्मिन पेन्ट्स लिमिटेडले चाडपर्वलाई लक्षित गरी २०८२ भदौ १ देखि २०८२ कार्तिक मसान्तसम्म सञ्चालन गरेको ग्राहक उपहार योजना “चाडपर्वको उमङ्ग, जापान घुमौँ जन्मिन पेन्ट्ससँग” को बम्पर उपहार विजेता घोषणा गरेको छ।

कम्पनीका ब्रान्ड एम्बेसेडर पारस खड्काको विशेष उपस्थितिमा एक कार्यक्रमकाबिच खड्काबाट लक्की ड्र कुपन मार्फत विजेताको घोषणा गरिएको हो।

२०८२ पुस ७ गते घोषणा गरिएको यस बम्पर उपहार योजनामा नेपालगन्ज निवासी देवी बुढाले जापान भ्रमण गर्ने सुनौलो अवसर प्राप्त गरेका छन् । यसका साथै, अन्य ग्राहकहरूले पनि विभिन्न उपहारहरू प्राप्त गर्न सफल भएका छन् । यसमा ७५ जनाले डिनर सेट, १०५ जनाले हिटर, १५१ जनाले आइरन र ७५० जनाले भित्ते घडी सहित जम्मा १०८२ जनाले विभिन्न उपहारहरू जित्न सफल भए।

तीन महिनासम्म सञ्चालन भएको यस उपहार योजनामा जन्मिन पेन्ट्सका उत्पादनहरू खरिद गरेका नेपालभरिका २६४७ भन्दा बढी ग्राहकहरू समावेश भएका थिए। ग्राहकहरूलाई रु. ७५,००० बराबरको जन्मिन पेन्ट्सका उत्पादनहरूको खरिदमा एउटा बम्पर कुपन प्रदान गरिएको थियो। 

ग्राहकहरूको उत्साहजनक सहभागिताले यस उपहार योजना सफल भएको र यसबाट कम्पनीको व्यावसायिक वृद्धिमा सहयोग मिलेको कम्पनीका कन्ट्री म्यानेजर डिल्ली राम पौडेलले बताए । 

 
शनिबार, १२ पुस २०८२, १३ : ३०

प्रतिक्रिया