नेपाल बीमक संघको २४ औं वार्षिक साधारण सभा सम्पन्न

आइतबार, १३ पुस २०८२, १० : १५

काठमाडौं- नेपाल बीमक संघको २४ औं वार्षिक साधारण सभा काठमाडौंको होटल र्याडिसन, लाजिम्पाटमा सम्पन्न भएको छ । 

सभामा संघका अध्यक्ष लगायत निर्जीवन बीमा कम्पनीका प्रतिनिधि, नियामक निकायका पदाधिकारी तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

साधारण सभामा संघका अध्यक्षले स्वागत मन्तव्यसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रस्तुत प्रतिवेदनमा संघका गतिविधि, बीमा क्षेत्रको वर्तमान अवस्था चुनौतीहरु तथा भावी कार्ययोजनाका बारेमा चर्चा गरिएको थियो ।

सभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरिक्षण प्रतिवेदन, आयव्यय विवरण, आगामी कार्ययोजना तथा कार्यक्रमहरु सर्वसम्मत रुपमा पारित गरेको छ । साथै, बीमा क्षेत्रको सुदृढीकरण तथा बीमा पहुंच विस्तारका विषयमा निर्णयहरु समेत गरेको छ ।

कार्यक्रमको अन्त्यमा अध्यक्षले सभामा उपस्थित सम्पूर्ण सदस्य, अतिथि तथा सहयोगी निकायहरुलाई धन्यवाद ज्ञापन गर्दै संघको २४ औ वार्षिक साधारण सभा सुसम्पन्न गरे ।

 
आइतबार, १३ पुस २०८२, १० : १५

प्रतिक्रिया