अपडेट

जीवन बीमकहरुद्वारा पाँच महिनामा करिब ७७ अर्ब कुल बीमा शुल्क आर्जन, अग्रस्थानमा नेपाल लाइफ

आइतबार, १३ पुस २०८२, १६ : ५०

काठमाडौं- जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनासम्मको अवधिमा करिब ७७ अर्बको कुल बीमा शुल्क आर्जन गरेका छन् । 

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले ७६ अर्ब ९० करोड ५६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी २१ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।

दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले ९ अर्ब २७ करोड दुई लाख रुपैयाँ र तेस्रोमा एलआइसी नेपालले ८ अर्ब १८ करोड १० लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सले ६ अर्ब ९२ करोड ४३ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सको चार अर्ब ४७ करोड ९१ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको तीन अर्ब ७५ करोड १७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।

त्यसै गरी, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ५७ करोड, सिटिजन लाइफले ३ अर्ब २३ करोड, सानिमा रिलाइनस लाइफले २ अर्ब ८० करोड, मेट लाइफले २ अर्ब ६३ करोड र आइएमई लाइफले २ अर्ब ४५ करोड बीमाशुल्क आर्जन गरेको छ ।

साथै, रिलायबल नेपाल लाइफले २ अर्ब ३४ करोड बीमाशुल्क संकलन गरेको छ भने प्रभु महालक्ष्मी लाइफले २ अर्ब २२ करोड र सन नेपाल लाइफले १ अर्ब ६४ करोड बीमाशुल्क आर्जन गरेको छ ।

 
आइतबार, १३ पुस २०८२, १६ : ५०

प्रतिक्रिया