हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औं वार्षिक साधारणसभा माघ ६ गते हुने

सोमबार, १४ पुस २०८२, १० : २८

काठमाडौं- हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३२ औं वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले माघ ६ गते काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेगरी सभा बोलाउने निर्णय गरेको हो। ।

सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको ८ प्रतिशतले हुन आउने २० करोड १२ हजार ९९२ रुपैयाँ नगद लाभांश (करसहित) पारित गर्नेछ। सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।

सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

 
 
सोमबार, १४ पुस २०८२, १० : २८

प्रतिक्रिया