काठमाडौं– समानुपातिकको बन्दसूची पेश गर्ने आज अन्तिम दिन रहेकाले दलहरुको निर्वाचन आयोगमा लर्को लागेको छ । अपराह्न ४ बजेसम्मको समय सीमा तोकिएकाले ठूला दलहरु आन्तरिक गृहकार्य गर्दै उम्मेदवारको सूची तयार पार्न व्यस्त देखिन्छन् ।
अहिलेसम्म निर्वाचन आयोगमा पाँच दलले समानुपातिक उम्मेदवारको बन्द सूची पेश गरिसकेका छन् । सोमबार मध्याह्नसम्म पाँच वटा दलले उम्मेदवारको बन्द सूची पेश गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनका अनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी(पुष्पलाल) गरी पाँच दलले सूची बुझाएका हुन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आइतबारदेखि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यक्रम तोकिएको थियो।
प्रतिक्रिया