काठमाडौं- बुटवल हायात प्लेस बुटवलले सञ्चालनको दुई महिनामै पाहुनाहरूबाट उल्लेखनीय माया र सकारात्मक प्रतिक्रिया पाएको जनाएको छ।
होटल व्यवस्थापनका अनुसार प्रकृति, आध्यात्मिक मार्ग र साहसिक अनुभवको संगम रहेको यसको लोकेसन यात्रुहरूका लागि विशेष आकर्षण बनेको हो।
पवित्र धार्मिक स्थलहरू, प्राकृतिक सौन्दर्य तथा नयाँ पर्यटकीय अनुभवहरूको केन्द्रविन्दुका रूपमा विकसित बुटवलले अहिलेका यात्रुहरूको चाहनालाई पूर्ण रूपमा समेटेको हायात प्लेस बुटवलले जनाएको छ।
काठमाडौंबाट छोटो हवाई दुरीमा तथा पोखरा, चितवन र लुम्बिनी जस्ता प्रमुख सहरहरूबाट सहज यात्राको दूरीमा रहेकाले हायात प्लेस बुटवल यात्रुहरूका लागि उपयुक्त ‘गेटवे डेस्टिनेसन’का रूपमा स्थापित हुँदै गएको छ।
आराम र अर्थपूर्ण अनुभवको खोजीमा रहेका स्वदेशी तथा विदेशी पर्यटकहरूलाई लक्षित गर्दै हायात प्लेस बुटवलले गुणस्तरीय सेवा, आधुनिक सुविधा र सहज आतिथ्य प्रदान गर्दै आएको होटलको भनाई छ ।
प्रतिक्रिया